आइतबार देशभर थपिए ९८० जना कोरोना संक्रमित

काठमाडौँ, २१ भदौ । पछिल्लो चौविस घण्टामा देशभर थप ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशभरका प्रयोगशालाबाट १० हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा ९८० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २९० जना महिला र ६९० जना पुरुष गरी कुल ९८० जनाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको बताए ।

उनले पछिल्लो चौविस घण्टामा १ हजार ८१४ जना कोरोना जितेर मुक्त भएको समेत जानकारी दिए । यो संगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४६ हजार २५७ पुगेको छ । तर संक्रिय संक्रमितको संख्या १७ हजार २७ जना मात्रै छन् ।

पछिल्लो चौविस घण्टामा २ महिला र ७ पुरुष सहित कुल ९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *