देशभर थपिए १ हजार ४१ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४५ हजार नाघ्यो

0
Shares

काठमाडौँ, २० भदौ । पछिल्लो चौविस घण्टामा देशभर १ हजार ४१ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ४७३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १ हजार ४१ जनामा संक्रमण देखिएको बताए । जसमा ३४९ जना महिला र ६९२ जना पुरुष छन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८७० रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५६६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । आज डिस्चार्ज हुनेको संख्या अहिलेसम्मकै धेरै हो । यो सहित डिस्चार्ज हुनेको कुल संख्या २७ हजार १२१ सय पुगेको छ ।

संक्रमित शून्य रहेका जिल्ला ६ वटा छन भने ५ सय भन्दा माथि संक्रमित रहेका जिल्ला १२ वटा छन् ।

देशभरका क्वारेनटिनमा ६ हजार ५६१ जना रहेका छन् । त्यसैगरी होम क्यारेनटिनमा ८ हजार ४ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ९ हजार ८६६ जना रहेका छन् । भेन्टीलेटरमा २४ जना छन् । त्यसैगरी देशभरका अस्पतालका आइसीयूमा १६७ जना उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *