पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २७१ पुग्यो


काठमाडौँ, १९ भदौ । चौबिस घण्टामा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा थप १४ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा गौतमले ४ जना महिला र १० जना पुरुष गरी थप १४ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको बताए । जसमा काठमाडौँका ३ र चितवनको १ महिला र रुपन्देहीका ३ सहित,सप्तरी, धनुषा, कास्की, नवलपरासी, प्यूठान, पाल्पा र सुर्खेतका एक/ एक जना पुरुष हुन् ।

यी सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *