काठमाडौँ उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण
काठमाडौँ, १९ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३८६ जना, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना गरी ४५४ जनामा संक्रमण देखिएको बताए ।
उनले देशभर पछिल्लो चौविस घण्टामा १ हजार ३५९ जनामा संक्रमण देखिएको जानकारी दिए ।
यस्तै आज १५१ जना आइसीयूमा र २६ जना भेन्टिलेटरमा उपचारमा रहेका छन् ।
यस्तै पछिल्लो चौविस घण्टामा थप १४ जनामा कोरोना संक्रमणबाट ज्यान गएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




