देशभर थपिए १ हजार ३५९ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४४ हजार २३६

काठमाडौँ, १९ भदौ । पछिल्लो चौविस घण्टामा देशभर १ हजार ३५९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ६३८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो संख्या अहिलेसम्मकै बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १ हजार ३५९जनामा संक्रमण देखिएको बताए । जसमा ४६४ जना महिला र ८९५ जना पुरुष छन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३५४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । आज डिस्चार्ज हुनेको संख्या अहिलेसम्मकै धेरै हो । यो सहित डिस्चार्ज हुनेको कुल संख्या २५ हजार ५६१ सय पुगेको छ ।

संक्रमित शून्य रहेका जिल्ला ६ वटा छन भने ५ सय भन्दा माथि संक्रमित रहेका जिल्ला १२ वटा छन् ।

देशभरका क्वारेनटिनमा ६ हजार ५६१ जना रहेका छन् । त्यसैगरी होम क्यारेनटिनमा ७ हजार ४६२ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा १० हजार ९४२ जना रहेका छन् । भेन्टीलेटरमा २६जना छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *