पछिल्लो २४ घण्टामा देशभर थपिए १ हजार २२८ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४२ हजार ८७७

0
Shares

काठमाडौँ, १८ भदौ । पछिल्लो चौविस घण्टामा देशभर १ हजार २२८ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ४१३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १ हजार २२८ जनामा संक्रमण देखिएको बताए । जसमा ३९४ जना महिला र ८३४ जना पुरुष छन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ९१७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या २४ हजार २०७ सय पुगेको छ ।

संक्रमित सून्य रहेका जिल्ला ६ वटा छन भने ५ सय भन्दा माथि संक्रमित रहेका जिल्ला १२ वटा छन् ।

देशभरका क्वारेनटिनमा ६ हजार ७४९ जना रहेका छन् । त्यसैगरी होम क्यारेनटिनमा ७ हजार ७४२ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा १० हजार ६७१ जना रहेका छन् । भेन्टीलेटरमा १७ जना छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *