पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २५१ पुग्यो

0
Shares


काठमाडौँ, १७ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले चौबिस घण्टामा थप १२ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा।गौतमले ६ जना महिला र ६ जना पुरुष गरी थप १२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको बताए । जसमा चितवनका ५५ र १८ वर्षीय, काठमाडौँको ८९ वर्षीय, ललितपुरको ७० वर्षीय तनहुँको २० वर्षीय र कपिलवस्तुको ६० वर्षीय महिला सहित वाराका ९७ वर्षीय, चितवनका ६५ वर्षीय, भक्तपुरका ४० वर्षीय काठमाडौँका ७० र ७५ वर्षीय, र धादिङका ४७ वर्षीय पुरुष हुन् ।

यी सहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर १ हजार १२० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या १ हजार ११२ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *