त्रिवि शिक्षण अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु

0
Shares
फाइल फोटो

काठमाडौँ, १७ भदौ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पतालको कोभिड अस्थायी युनिटमा उपचाररत ७१ बर्षीय पुरुष र २० बर्षीया महिलाको मंगलबार उपचारका क्रममा मृत्यु भएको युनिट संयोजक प्राडा शान्तकुमार दासले जानकारी दिए ।

उनका अनुसार२० बर्षीया महिला तनहुँकी हुन् । बाथ र मिर्गौला सम्वन्धी समस्या भएकी उनलाई अल्का अस्पतालबाट मंगलबार मात्रै शिक्षण अस्पताल ल्याइएको थियो । यस्तै अर्का मृतक भक्तपुरका हुन् ।

उनी सोमबार बेलुका अस्पतालको आकस्मिक कक्षमा आएका थिए । उनमा सुगर प्रेसर जस्ता दीर्घरोग थियो ।

डा दाशले अस्पतालमा अहिले ८० जना कोरोना संक्रमितको उपचार भइरहेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *