काठमाडौँ उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण

काठमाडौँ, १६ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या उपत्यकामा एकै दिन देखिएको सबैभन्दा बढी हो ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३९३ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ५८ जनामा कोरोना संक्रमण देखिएको बताए ।

उनले पछिल्लो चौविस घण्टामा देशभर १ हजार ६९ जनामा कोरोना संक्रमण देखिएको समेत जानकारी दिए । यहि अवधिमा ७६८ जनाले कोरोना जितेर डिस्चार्ज भएको समेत सुनाए ।

आजको संक्रमितको संख्यासंगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ । आजको समेत गरेर नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ जना संक्रमणमा परेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *