देशभर थपिए १ हजार ६९ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४० हजार ५२९

काठमाडौँ, १६भदौ । पछिल्लो चौविस घण्टामा देशभर १ हजार ६९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ८८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १ हजार ६९ जनामा संक्रमण देखिएको बताए । जसमा ३४४ जना महिला र ७२५ जना पुरुष छन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ७६८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या २२ हजार १७८ सय पुगेको छ ।

संक्रमित सून्य रहेका जिल्ला ५ वटा छन भने ५ सय भन्दा माथि संक्रमित रहेका जिल्ला १२ वटा छन् ।

देशभरका क्वारेनटिनमा ७ हजार ३९० जना रहेका छन् । त्यसैगरी होम क्यारेनटिनमा ७ हजार २८० रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा १० हजार ८३२ जना रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *