चितवन मेडिकल कलेजमा उपचारत थप एक कोरोना संक्रमितको मृत्यु


चितवन, १६ भदौ । चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १५ का ५८ वर्षीय पुरुष रहेका कलेजले जनाएको छ ।

कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार ज्वरो र खोकी आएका कारण यही भदौ १४ गते अस्पतालमा भर्ना भएका उनको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको बिहान उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससँगै जिल्लामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । चितवनका नौ, मकवानपुरका चार, बारा, गोरखा, कैलाली र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एकएक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । जिल्लाका ७३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *