चौध दिनका नाबालक सहित गण्डकी प्रदेशमा थपिए ३९ जना कोरोना संक्रमित


काठमाडौँ, १६भदौ । चौध दिनका नाबालक सहित गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना पुष्टी भएको हो ।

जसमा ४ जिल्ला  लमजुङका २६, नवलपुरका १० वागलुङका १ र कास्कीका २ जना रहेका छन् । संक्रमितमध्ये कास्की पोखरा महानगरपालिकाका-६ का १ जना संक्रमित चरक मेमोरियल अस्पतालमा उपचाररत छन् । उनी नेपाल पर्यटन बोर्ड, पोखराको पदाधिकारी हुन् भने अर्का एकजना महिला होम आईसोलेसनमा छन्  । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिनका नाबालक सहित ५ जना, अस्पतालमै कार्यरत एकजना, ग्लोबल आई.यम.ई. मा कार्यरत ५ जना, नेपाल प्रहरीमा कार्यरत ४ जना र बेसीसहर(७ का २८ बर्षीय एकजना महिला पत्रकार हुन् ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार २०५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *