प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण

बिराटनगर, १६ भदौ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

गत १३ भदौमा धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।

मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै रहेका छन् ।

उनको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *