देशभर थपिए ८९९ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३९ हजार ४६०

काठमाडौँ, १५ भदौ । पछिल्लो चौविस घण्टामा देशभर ८९९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ११ हजार १२९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप  ८९९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ८९९ जनामा संक्रमण देखिएको बताए । जसमा ३०३ जना महिला र ५९६ जना पुरुष छन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ५८८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या २१ हजार ४१० सय पुगेको छ ।

देशभरका क्वारेनटिनमा ७ हजार ३३७ जना रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा १० हजार ७०१ जना रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *