कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेकी महिलाको मृत्यु


रुपन्देही, १५ भदौ । कोरोना भाइरस सङ्क्रमणका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको हो ।

तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीका अनुसार मृत्यु हुने महिला गत ११ भदौमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेकी थिइन ।

स्वास्थ्यमा समस्या आएपछि आइतबार (हिजो) भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो ।

शव अस्पतालमै रहेको नगरपालिकाले जनाएको छ ।

उनको आजै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *