पछिल्लो चौबिस घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

0
Shares


काठमाडौँ, १४ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले चौबिस घण्टामा थप १४ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा गौतमले ४ जना महिला र १० जना पुरुष  गरी १४ जनाको  कोरोना संक्रमणबाट मुत्यु भएको बताए । जसमा रौतहट, काठमाडौँ, ललितपुर, सुनसरी,  मोरङ, चितवन, महोत्तरी, बारा, रुपन्देही, भक्तपुर र  नवलपरासी जिल्लाका हुन् ।

यी सहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर १ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । भने कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या २६७ रहेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *