काठमाडौँमा थप ४२९ जनामा कोरोना संक्रमण

काठमाडौँ, १४ भदौ ।  पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमलले काठमाडौँमा ३७२ जना, भक्तपुरमा ४५ र ललितपुर १२ गरी कुल ४२९ जनामा संक्रमण भएको बताए ।

उनले पछिल्लो चौविस घण्टामा देशभर ८७३ जना पुरुष र ३४८ जना महिला गरी कुल १२२१ जनामा कोरोना संक्रमण भएको समेत जानकारी दिए । काठमाडौँ उपत्यकामा आज देखिएको संक्रमित संख्या र देशभरको आजको संख्या एक दिनमा देखिएको सबैभन्दा बढी हो ।

डा गौतमलले २६७ जना डिस्चार्ज भएको र १४४ जना आइसीयू र १७ जना भेन्टिलेटरमा रहेको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *