देशभर एकैदिन थपिए १ हजार २२१ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३८ हजार ५६१

काठमाडौँ, १४ भदौ । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार २२१  जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ७१७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार २२१  जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १ हजार २२१ जनामा संक्रमण देखिएको बताए । जसमा ३४८ जना महिला र ८७३जना पुरुष छन् । यो संख्या अहिलेसम्मकै धेरै हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप २६७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या २० हजार ८२२ सय पुगेको छ ।

देशभरका क्वारेनटिनमा ७ हजार ७९७ जना रहेका छन् । होम क्यारेनटिनमा ६ हजार ९०६ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *