कोरोना परीक्षण शुल्क घट्यो, अब अधिकतम शुल्क ४४०० मात्र

0
Shares

काठमाडौँ, १४ भदौ । सरकारले कोरोना भाइरस (कोभिड -१९) परीक्षणमा तिनुपर्ने शुल्क १ हजार १ सय रुपैयाँले घटाएको छ । स्वास्थ्य मन्त्रालयले आजै देखि लागू हुने गरी नयाँ शुल्क बढीमा ४ हजार ४ सय रुपैयाँ तोकेको छ ।

यसअघि कोरोना परीक्षण शुल्क ५ हजार ५ सय रुपैयाँ थियो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले परीक्षणका लागि आवश्यक सरसामानको मूल्य घटेसंगै परीक्षण शुल्क समायोजन गरिएको बताए । ‘परीक्षणका लागि चाहिने किटहरु पहिले विश्वबजारमै महंगो थियो तर अहिले सस्तिदै गएको छ । यो अवस्थामा शुल्क पनि समायोजन गर्नुपर्ने देखियो र हामीले नयाँ परीक्षण शुल्क ४ हजार ४ सय तोकेका छौँ,’ उनले भने ।

मन्त्रालयले ९ वटा सरकारी र ११ वटा निजी प्रयोगशालामा गरी कुल २० वटा प्रयोगशालालाई शुल्क लिएर परीक्षण गर्ने अनुमति दिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *