थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०७ पुग्यो

काठमाडौँ, १३ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले चौबिस घण्टामा थप १२ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा गौतमले ३ जना महिला र ९ जना पुरुषको कोरोना संक्रमणबाट मुत्यु भएको बताए । पाल्पाको ३० वर्षीय, काठमाडौँको ५१ वर्षीय र भक्तपुरकी ६२ वर्षीय महिला र पर्साका ४८ र ३९ वर्षीय , सिराहामा ८४ वर्षीय, गोर्खामा ३८ वर्षीय, कास्कीमा ५८ वर्षीय, काठमाडौँमा ८३ वर्षीय, ललितपुरमा ७२ र ६१ वर्षीय र भक्तपुरमा ८२ वर्षीय पुरुष गरी कुल १२ जनाको मृत्यु भएको  प्रवक्ता डा गौतमले बताए ।

यी सहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर ८८४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । भने कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या ३१३ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *