काठमाडौँ उपत्यकामा थप १८६ जनामा कोरोना संक्रमण

काठमाडौँ, १३ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १८६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आज आयोजित नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ गरी कुल १८६ जनामा कोरोना संक्रमण देखिएको बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ५१६ को पीसीआर परीक्षण गर्दा देशभर २४२ महिला, ६४२ पुरुष गरी ८८४ जनामा कोरोना संक्रमण देखिएको छ ।

उनले पछिल्लो चौविसघण्टामा प्रदेश नं १ मा १५, प्रदेश नं २ मा ३८, बागमती प्रदेशमा ७८, गण्डकी प्रदेशमा ३, प्रदेश नं ५ मा १७ र कर्णाली प्रदेशमा २४ गरी कुल १७५ जना आइसीयूमा रहेको बताए । यस्तै भेन्टिलेटरमा उपचार गराउनको संख्या २२ रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *