देशभर थपिए ८८४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३७ हजार ३४०

काठमाडौँ, १३ भदौ । पछिल्लो चौविस घण्टामा देशभर थप ८८४ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ११ हजार ५१६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ८८४ जनामा संक्रमण देखिएको बताए । जसमा २४२ जना महिला र ६४२ जना पुरुष छन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७३ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ३१३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या २० हजार ५५५ सय पुगेको छ ।

त्यसैगरी संक्रमित सून्य रहेका जिल्ला २ वटा छन भने ५ सय भन्दा माथि संक्रमित रहेका जिल्ला ९ वटा छन् ।

देशभरका क्वारेनटिनमा ८ हजार ३५ जना रहेका छन् । होम क्यारेनटिनमा ६ हजार ४४५ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् । देशभरका बिभिन्न अस्पतालका आइसीयूमा १७५जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *