गण्डकी प्रदेशमा थपिए २१ जना कोरोना संक्रमित

0
Shares


काठमाडौँ, १३ भदौ । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको नमुना परिक्षणमा गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टी भएको हो ।

जसमा  ८ महिला र १३ पुरुष  गरी नवलपरासीका मात्रै २१ जना रहेका छन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ८७ पुगेको छ । कोरोना जितेर घर फर्कनेको संख्या १ हजार ६७२ रहेको छ । भने कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *