पाल्पा : लुम्बिनी मेडिकल कलेजमा उपचारत कोरोना संक्रमित महिलाको मृत्यु

पाल्पा, १२ भदौ । प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसन वार्डमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका ८ मदनपोखरा निवासी ३० बर्षीया महिला मृत्यु भएको हो ।

गत ७ भदौमा कोरोना पोजेटिभ देखिएपछि उनलाई मेडिकल कलेजको आइसोलेसन सेन्टरमा राखि उपचार गरिएको थियो । यो संगै पाल्पामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि पूर्वखोला १ का एक जना पुरुषको मिसन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार गर्दा गर्दै ज्यान गएको थियो ।

‘उहाँको मुटु सम्बन्धि समस्या रहेको थियो । मुटुको उपचारको लागि अस्पताल आउँदा कोरोनाको लक्षण समेत देखिएपछि पीसीआर परीक्षण गरायौँ । रिपोर्ट पोजेटिभ आयो । त्यसपछि आइसोलेसनमा राखी उपचार गरेका थियौँ । समस्या बढदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो तर आज साँझ निधन भयो,’ कलेजका कोभिड फोकल पर्सन डा ममता कोइरालाले जानकारी दिईन ।

उनको मृत्युपछि कलेजले अहिले डिसीसीएमसीसंग समन्वय गरी सव व्यवस्थापनको तयारी गरिरहेको छ ।

पाल्पामा अहिलेसम्म ५ सय ७३ जना कोरोना संक्रमण परेका छन् । ती मध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन् । अस्पतालमा भर्ना भई उपचार गराईरहेको संख्या १० रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *