कोरोना जितेका ४२ जनाले गरे रक्तदान

काठमाडौँ, १२ भदौ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मुक्त भएका ४२ जना व्यक्तिले रक्तदान गरेका छन् । गम्भीर अवस्थाका कोरोना संक्रमितको उपचार कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट गर्नका लागि उनीहरुले रक्तदान गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अहिलेसम्म ग्राण्डी अस्पतालमा २० देखि ५९ बर्षका ३७ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना, प्रादेशिक अस्पताल बुटवलमा २ जना र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना गरी ४२ जनाले प्लाज्मा दान गरेका छन् ।

उनले कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट अहिलेसम्म गम्भीर अवस्थामा पुगेका महिला तथा पुरुष गरी २० जना बढी कोरोनामुक्त भएको समेत जानकारी दिए ।

यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गम्भीर अवस्थामा पुगेका कोरोना संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरी अध्ययन् गर्नका लागि केही अस्पतालहरुलाई सूचीकृत गरेको थियो ।

परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीले कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका १८ बर्ष माथिका बिरामीको उपचारलाई सहज बनाउन यो अनुसन्धान गरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *