पछिल्लो चौबिस घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९५ पुग्यो


काठमाडौँ, १२ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले चौबिस घण्टामा थप १२ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा गौतमले ४ जना महिला र ८ जना पुरुषको कोरोना संक्रमणबाट मुत्यु भएको बताए । जसमा मोरङका ५६ र ६५ वर्षीया भक्तपुरकी ६४ वर्षीया र मकवानपुरकी ७१ वर्षीया महिला र पुरुषहरूमा पर्साका ५२ वर्षीय, र ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीय रहेका छन् ।

यी सहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर ९२७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । भने कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या १६९ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *