देशभर थपिए ९ सय २७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३६ हजार ४५६

काठमाडौँ, १२ भदौ । पछिल्लो चौविस घण्टामा देशभर थप ९२७ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १० हजार २२९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ९२७ जनामा संक्रमण देखिएको बताए । जसमा ३३४ जना महिला र ५९३ जना पुरुष छन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १६९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या २० हजार २४२ सय पुगेको छ ।

त्यसैगरी संक्रमित सून्य रहेका जिल्ला २ वटा छन भने ५ सय भन्दा माथि संक्रमित रहेका जिल्ला ९ वटा छन् ।

देशभरका क्वारेनटिनमा ८ हजार ९३९ जना रहेका छन् । होम क्यारेनटिनमा ६ हजार ४४६ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ९ हजार ५७३ जना रहेका छन् । देशभरका बिभिन्न अस्पतालका आइसीयूमा १६४ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *