उद्योगपति बिनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौँ, १२ भदौ । उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण देखिएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

आफूले आजै विहान पीसीआर टेष्ट गराएको र रिपोर्ट पोजेटिभ आएको बताएका हुन् । उनले आफूलाई अहिलेसम्म कुनै लक्षण भने नदेखिएकोले आफू डाक्टरको सल्लाहमा सेल्फ आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।

उनले आफूसंग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको सावधानी अपनाउन आग्रह गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *