कोरोना संक्रमणबाट शुक्रबार धरानमा थप दुई जनाको मृत्यु

धरान, १२ भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई जना कोरोना संक्रमित व्यक्तिको आज विहान मृत्यु भएको छ । झापा दमक नगरपालिका–३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ निवासी ५६ वर्षीयाको मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार बेलबारी ५ मोरङका ५६ बर्षीया महिलाको शुक्रबार विहान ३ १४ बजे मृत्यु भएको हो । यस्तै झापा दमकका ८३ वर्षीय पुरुषको शुक्रबार बिहान ३ः४५ बजे मृत्यु भएको हो । खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि बी एण्ड सी टिचिङ अस्पतालमा भर्ना भएका दमकका पुरुषमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि वीपीमा ३ गतेनै भर्ना गरिएको थियो । मृगौलाको दीर्घ रोगी पुरुषमा उच्च रक्तचाप, मधुमेह र अल्प रक्त कोशीकाको समस्या समेत रहेको प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।

यसैगरी मोरङ बेलबारी–५ की महिला कोशी अस्पताल विराटनगरबाट धरानस्थित वीपीमा ९ गते रिफर गरिएको थियो । श्वास फेर्न समस्या र ज्वरो आएपछि कोशीमा भर्ना भएकी उनमा कोरोना संक्रमण समेत भदौ ९ गते नै पुष्टि भएको थियो । वीपीमा उपचारतः दुवै जनाको शुक्रबार बिहान निधन भएपछि शव व्यवस्थापनको काम नियमानुसार अगाडी बढेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या २६ पुगेको छ । त्यसमध्ये पाँच महिना १५ जना पुरुष गरि २० जना प्रदेश १ वासी र एक महिला ५ पुरुष प्रदेश २ का छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *