पछिल्लो चौबिस घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

काठमाडौँ, ११ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले चौबिस घण्टामा थप ८ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा गौतमले ५ जना महिला र ३ जना पुरुषको कोरोना संक्रमणबाट मुत्यु भएको बताए ।

यी सहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १ हाजर १११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । भने कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या ५६९ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *