गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित

काठमाडौँ, ११ भदौ । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको नमुना परिक्षणमा गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टी भएको हो ।
जसमा ५ जिल्ला पर्वतका १ जना , बागलुङका ८ जना, लमजुङका ४ जना, तनहुँका ९ जना र नवलपरासीका ३ जना रहेका छन्
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ९७७ पुगेको छ । कोरोना जितेर घर फर्कनेको संख्या १ हजार ६६५ रहेको छ । भने कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



