गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित


काठमाडौँ, ११ भदौ । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको नमुना परिक्षणमा गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टी भएको हो ।

जसमा ५ जिल्ला पर्वतका १ जना , बागलुङका ८ जना, लमजुङका ४ जना, तनहुँका ९ जना र नवलपरासीका ३ जना रहेका छन्
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ९७७ पुगेको छ । कोरोना जितेर घर फर्कनेको संख्या १ हजार ६६५ रहेको छ । भने कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *