कोरोना संक्रमणबाट पाटन अस्पताल र किष्ट अस्पतालमा उपचाररत थप २ जनाको मृत्यु

काठमाडौँ ११ भदौ । ललितपुरस्थित पाटन अस्पताल र किष्ट अस्पतालमा उपचाररत एक/ एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिला र किष्ट अस्पतालमा उपचाररत ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु हो ।

मृतक पुरुषमा निमोनिया भई दुवै छातीमा संक्रमण भएको थियो । गत भदौ ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भने पाटन अस्पतालमा मृत्यु भएकी महिललाई स्वास्थ्यमा समस्या आएपछि गत भदौ ९ गतेदेखि आइसियुमा राखेर उपचार गरिँदै आइएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *