कर्णाली प्रदेश अस्पतालका ६ चिकित्सकमा कोरोना सङ्क्रमण, ओपिडी सेवा बन्द

सुर्खेत, ११ भदौ । प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र चार जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले कोरोना विशेष अस्पतालमा सङ्क्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर सङ्क्रमण भएका व्यक्तिबाट जोखिम बढेको बताए ।

हाल कोरोना विशेष अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन् । चिकित्सकमा सङ्क्रमण देखिएपछि अस्पतालले आजदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको छ । एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने निर्देशक खड्काको भनाइ छ ।

सो अस्पतालमा यस अघि तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *