काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय

4
Share

काठमाडौँ, १० भदौ । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको बैठकपछि निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय भएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले जारी निषेधाज्ञा १७ भदौ राति १२ बजेसम्म लम्व्याउने निर्णय भएको बताए । गत ३ भदौ देखि जारी निषेधाज्ञा आज राती १२ बजेबाट सकिदै थियो ।

यसअघि उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौँ, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो। त्यही अनुसार गएराति अबेरसम्म बसेको बैठकले उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो ।

पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर बढ्दो क्रममा देखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *