पछिल्लो चौबिस घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६४ पुग्यो

8
Shares


काठमाडौँ, ९ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले चौबिस घण्टामा थप ७ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा गौतमले मृत्यु हुनेमा काठमाडौँको ७१ वर्षीय महिला, ७६ र ६६ वर्षीय पुरुष, सिराहाका २२ वर्षीय पुरुष, पर्साका ३८ वर्षीय पुरुष धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष गरी थप ७ जना हुन् ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सय १६४ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप ८५५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या ३१३ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *