पछिल्लो चौबिस घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४९ पुग्यो

काठमाडौँ, ७ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले चौबिस घण्टामा थप ३ जनाको मृत्यु भएको बताए ।
प्रवक्ता डा गौतमले पर्सामा ५६ वर्षीय महिला, झापामा ५८ वर्षीय पुरुष र सर्लाहीमा ३३ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी गराए ।
यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा देशभर थप ८१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या २८१ रहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



