पछिल्लो चौबिस घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४९ पुग्यो


काठमाडौँ, ७ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले चौबिस घण्टामा थप ३ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा गौतमले पर्सामा ५६ वर्षीय महिला, झापामा ५८ वर्षीय पुरुष र सर्लाहीमा ३३ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी गराए ।

यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप ८१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या २८१ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *