देशभर थपिए ८१८ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३१ हजार ९३५

काठमाडौँ, ७ भदौ । पछिल्लो चौविस घण्टामा देशभर थप ८१८ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ८ हजार २६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। जसमा २२० महिला र ५९८ जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ८१८ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार १५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप २८१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १८ हजार ६३१ सय पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमित सून्य रहेको जिल्ला ५ वटा छन् भने ५ सय भन्दा बढी संक्रमति रहेका जिल्ला ६ वटा छन् ।

देशभरका क्वारेनटिनमा ११ हजार ४४१ जना रहेका छन् । त्यसैगरी होम क्वारेनटिनमा ३ हजार ९४३ जना छन् । संस्थागत आसोलेशनमा ९ हजार २१२ जना रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *