नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४६ पुग्यो


काठमाडौँ, ६ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले चौबिस घण्टामा थप ९ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा गौतमले भक्तपुर, मकवानपुर, सिराहा , वाराका १ / १ जना पुरुष ,पर्साका ३ जना पुरुष र सुनसरीको ६ वर्षीय बालिका र १ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी गराए ।

यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप ६३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमा १८२ जना महिला र ४५२ जना पुरुष छन् । भने कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या १३६ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *