कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६ पुग्यो


काठमाडौँ, ४ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले चौबिस घण्टामा थप ६जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा गौतमले काठमाडौँका १ महिलासहित सप्तरीका १ पुरुष, मकवानपुरका १ पुरुष, पर्सामा २ पुरुष र १ महिला गरी थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको जनाकारी गराए ।

यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप ७०७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या २६४ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *