काठमाडौँ उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण

काठमाडौँ, ४ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप २०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका १७४, ललितपुरका १८ र भक्तपुरका ८ जनालाई कोरोना पुष्टि भएको जानकारी दिए ।

उनले देशभर आज ७०७ जनामा कोरोना देखिएको समेत जानकारी दिए । यो अवधीमा २६४ जना कोरोना जितेर डिस्चार्ज भएको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *