देशभर थपिए ७०७ जना कोरोना संक्रमित, संक्रमितको संख्या २९ हजार ६४५

काठमाडौँ, ४ भदौ । पछिल्लो चौविस घण्टामा देशभर थप ७०७ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ११ हजार ८३२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ७०७ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप २६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ९७१ सय पुगेको छ ।

देशभरका क्वारेनटिनमा ११ हजार ७३८ जना रहेका छन् । त्यसैगरी होम क्वारेनटिनमा ३ हजार ७७२ जना छन् ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *