काठमाडौँ उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण

काठमाडौँ, ३ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १५९ जनामा कोरोना भाइरस ( कोभिड – १९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड -१९ ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनले काठमाडौँमा ४५ महिला र ८९ जना पुरुष गरी १३४ जना, ललितपुरमा ७ जना महिला र १० पुरुष गरी १७ जना र भक्तपुरमा २ महिला र ६ पुरुष गरी ८ जना संक्रमित थपिएको जानकारी दिए ।

पछिल्लो चौविस घण्टामा देशभर ६८१ जनामा कोरोना संक्रमण थपिएका छन् । प्रवक्ता डा गौतमलले आज १३१ जना आइसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत रहेको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *