कोरोना संक्रमितको उपचार निजी अस्पतालले पनि गर्ने, सरकारले पैसा तिर्ने

काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकामा कोरोनाको बढ्दो संक्रमणसंगै तोकिएका सरकारी अस्पतालका बेडहरु भरिन थालेपछि सरकारले उपचारका लागि निजी अस्पतालसंग समेत सम्झौँता गर्न थालेको छ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी र यति अस्पताल बाफलसंग सो सम्झौँता गरिसकेको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा समिरकुमार अधिकारीले नेपाल मेडिकल कलेजले कोरोनाको उपचारका लागि १०० बेड र यति अस्पतालले ५० बेड छुट्याएको बताए । उनले ती अस्पतालमा सरकारले निशुल्क उपचार हुने भनेर तोकिएका कोरोना संक्रमितहरुलाई पठाइने बताए । ‘ती अस्पतालमा सरकारले बिरामी पठाउँछ र उपचार बापतको रकम सोधभर्ना गरिदिन्छ,’ उनले प्रष्ट पारे ।

निजी अस्पतालका लागि सरकारले साधारण अवस्था, मध्यम अवस्था, जटिल अर्थात आइसीयू तथा भेन्टिलेटर चाहिने अवस्थाको विरामीको उपचारका लागि सोधभर्ना गर्ने रकम समेत तोकिसकेको छ ।

डा अधिकारीले तोकिएका बाहेकका अरु निजी अस्पतालमा बसेर उपचार गराउन चाहने संक्रमितका लागि निशुल्क सुविधा नभएको बताए ।

संक्रमित बढ्दै जाँदा मन्त्रालयले दहचोकस्थित मनमोहन मेडिकल कलेजको भवन, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवन, आयुर्वेद अस्पताल कीर्तिपुर लगायतका ठाँउहरुमा वेडसंख्या बढाएर आइसोलेसन थप गरेको छ ।

यस्तै मन्त्रालयले बनस्थलिमा बन्द अवस्थामा रहेको जनमैत्री अस्पताललाई पनि कोभिड बिरामीको उपचार गर्न सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ । त्यहाँ कम्तीमा तीन सय बेड छुट्याउन खोजिएको छ । डा अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *