पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौँ, ३ भदौ । पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक स्थायी निवासी ६१ बर्षीया महिलाको बुधबार विहान पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृतक महिला २१ साउन देखि पाटन अस्पतालमा उपचाररत थिइन ।

कोरोना संक्रमणबाट मंगलबार मात्रै ७ जनाको मृत्यु भएको थियो ।

पाटनमा भएको आजको मृत्युसंगै कोरोनाबाट नेपालमा कुल मृत्यु हुनेको संख्या ११५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *