यी हुन् आज १०० बढी कोरोना संक्रमित देखिने चार जिल्ला

काठमाडौँ, २ भदौ । कोरोना भाइरस  (कोभिड – १९) संक्रमण देखिए यताकै एकै दिन सबैभन्दा बढी संक्रमित देखिएको दिन हो आज । वितेको चौविस घण्टामा देशका विभिन्न प्रयोगशालामा १३ हजार ४६१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १६ जनाको कोरोना भाइरस  रिपोर्ट पोजेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न ४६ जिल्लामा संक्रमण देखिएको छ । तर ती जिल्लाहरु सातवटै प्रदेशका रहेका छन् । संक्रमित भेटिएका ४६ मध्ये चार वटा जिल्लामा कोरोना संक्रमण १०० नाघेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ को मोरङमा आज १०८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रदेश नं २ को पर्सा र सर्लाहीमा क्रमश १२८ र १०७ संक्रमित भेटिएका छन् । यसैगरी बाग्मती प्रदेशको काठमाडौँमा आज एकै दिन १३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौँ एकै दिन सबैभन्दा बढी संक्रमण देखिने जिल्लाको सूचीमा पहिलो भएको छ ।

चौविस घण्टामा सात जनाको मृत्यु
मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । काभ्रे नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका गरी एक एक जना पुरुष र तनहुँ जिल्लाका एक जना महिलाको ज्यान गएको हो ।

यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *