काठमाडौँ उपत्यकामा थपिए २ सय ५ जना कोरोना संक्रमित


काठमाडौँ, २ भदौ । काठमाडौँ उपत्यकामा मंगलबार थप २ सय ५ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो चौबिस घण्टामा काठमाडौँमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना गरी थप २०५ जनामा कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

पछिल्लो चौबिस घण्टामा देशभर थप १हजार १६ जनामा कोरोना संक्रमण देखिएको छ। यो अहिलेसम्मकै सबैभन्दा धेरै हो।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार २५७ पुगेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *