देशभर एकैदिन थपिए १ हजार १६ जना कोरोना संक्रमित, संक्रमितको संख्या २८ हजार २५७

काठमाडौँ, २ भदौ । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यो संक्रमण संख्या एकै दिन देखिएको अहिलेसम्मकै बढि हो ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १३ हजार ७६१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १ हजार १६ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ८५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ५८० पुगेको छ ।

देशभरका क्वारेनटिनमा १३ हजार ९२६ जना रहेका छन् । हालसम्म ४ जिल्ला संक्रमण मुक्त छन् भने पाँचसय भन्दा बढी संक्रमित रहेका जिल्ला ५ वटा छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *