ललितपुर, काभ्रे र पोखरामा गरी थप ४ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौँ, २ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।  ललितपुरमा १, काभ्रेमा १ र पोखरामा २ गरी थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

पोखरामा ८७ वर्षीय वृद्धको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ,तनहुँ जिल्लाकी ५० वर्षीय महिलाको कास्की सेवा अस्पतालमा, धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा र पाटन अस्पताल ललितपुरमा आज विहान एक जना ३८ वर्षका कोरोना संक्रमित पुरुष गरी थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११३ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *