त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष सोमबार बिहानबाट सञ्चालनमा आउने

काठमाडौँ, ३२ साउन ।  चिकित्सकलाई संक्रमण देखिएपछि चार दिन देखि बन्द रहेको त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष सोमबार विहानबाट सञ्चालनमा आउने भएको छ ।

आकस्मिक कक्ष भवनलाई संक्रमणरहित बनाइसकेपछि सोमबार विहानबाट सञ्चालनमा आउने भएको हो । आकस्मिक कक्षमा कार्यरत दुई जना चिकित्सकलाई बुधबार संक्रमण देखिएपछि सो कक्ष बन्द गरिएको थियो ।

अस्पतालका निर्देशक प्राडा रोहितकुमार पोखरेलले बुधबारबेलुकाबाट बन्द भएको आकस्मिक कक्ष सोमबार (भोलि) विहानबाट सञ्चालन हुने जानकारी दिए । ‘आकस्मिक कक्ष भवनलाई निसंक्रमण पनि गर्नु परयो । यहि मौकामा केही सरसफाई गर्‍यौँ, अब भोलिबाट सेवा सुचारु हुन्छ,’ उनले भने ।

शिक्षण अस्पतालमा ८ डाक्टर सहित ३७ जना स्वास्थ्यकर्मी संक्रमित
यसैबीच आइतबारसम्म त्रिवि शिक्षण अस्पतालमा ८ डाक्टर सहित ३७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमा अधिकांश नर्सहरु रहेको अस्पतालका कोभिड युनिट संयोजक प्राडा शान्तकुमार दासले बताए ।

अस्पतालमा शनिबार मात्रै ३ जना चिकित्सक सहित कुल १८ जनामा संक्रमण देखिएको उनले जानकारी दिए । ‘विहान ८ जना र बेलुका थप १० जनामा संक्रमण देखियो,’ उनले भने ।

अस्पतालका केही संक्रमित होम आइसोलसनमा, केही अस्पतालको आइसोलेसनमा बसेका छन् । क्वारेन्टिनमा रहनुपर्नेहरुका लागि अस्पतालले गौशालाका तीनवटा होटल भाडामा लिएर राखेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *