काठमाडौँ उपत्यकामा थप १७२ जनामा कोरोना संक्रमण

काठमाडौँ, ३२ साउन । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा १७२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयद्धारा आज गरिएको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ गरी १७२ जनामा संक्रमण देखिएको बताए ।

उनका अनुसार काठमाडौँका संक्रमितहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १७, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा २४ जना, पाटन अस्पतालमा ९ जना, स्टार अस्पतालमा ९ जना, नेपाल कोरिया मैत्री अस्पतालमा ४ जना संक्रमण देखिएको छ । यस्तै त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका २९ जना, ह्याम्स अस्पतालमा १९ जना, बीध ल्याव ६ जना, एपीएफ अस्पतालमा ३ र सूर्या ल्यावमा ६ जना देखिएको छ ।

यस्तै ललितपुरका संक्रमितहरु शुक्रराज अस्पतालको प्रयोगशालामा २ जना, पाटन अस्पतालमा २७ जना, स्टार अस्पतालमा ६ जना, ह्याम्स विध, विएण्डवि अस्पताल र सेनाको अस्पतालमा थप एक एक जना गरी ३८ जनामा संक्रमण देखिएको छ ।

यस्तै भक्तपुरका संक्रमितहरु शुक्रराज, ह्याम्स र पाटन अस्पतालमा एक एक जना, स्टारमा २ जना, त्रिवि शिक्षणमा ३ जना गरी कुल ८ जनामा देखिएको छ ।

पछिल्लो चौविस घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ६४१ जनामा संक्रमण देखिएको डा गौतमलले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *